नीलकण्ठ क्याम्पस धादिङकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम


धादिङ,२४ असार ।
त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परिक्षाफल प्रकाशन गरेको छ ।
गत भदौमा लिएको परिक्षाको नतिजा अनुसार नीलकण्ठ बहूमुखी क्याम्पसमा अध्यायन गर्ने विवेचना सिलवाल नेपाल प्रथम हुनुभएको छ ।अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क अर्थात ७०.८३ प्रतिशत नम्बर ल्याएर नेपाल प्रथम हुनुभएको हो । उहाँको घर ज्वालामूखी गाउँपालिकामा पर्दछ ।
यसैगरि सोही संकाय अन्तरगत स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको तर्फको परिक्षामा हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क अर्थात ६८.१६ प्रतिशत नम्बर ल्याएर नेपाल तृतिय हुनु भएको निलकण्ठ क्याम्पस का क्याम्पस प्रमुख नवराज शर्माले बताउनुभयो । यो नतिजा नीलकण्ठ बहूमुखी क्याम्पसको हालसम्मको उत्कृष्ठ नतिजा हो । केही समय अघि नीलकण्ठ बहूमुखी क्याम्पसले क्यू ए ए प्राप्त गरेको थियो । नीलकण्ठ क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको पठनपाठन हुने गरेको छ ।
Damii