नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

धादिङ, २१ साउन ।
नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ ।
नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
धादिङ सहित आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ ।
यसअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै साउन ९ गते सिन्धुपाल्चोकमा ६ बजेर ७ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको भुकम्प गएको थियो ।
केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन् ।