धुनिवेशी नगरपालिका ९ मा रहेको सडकहरुको अनुगमन

धादिङ, २० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः
धुनिवेशी नगरपालिका वडा नं ९ मा रहेको विभिन्न सडकहरुको अनुगमन गरिएको छ ।
धुनिबेशी नगरपालिका वडा न ९ को काल्ने भदौरे सडक लगायत बिभिन्न स्थानहरुमा वर्षाले भएको क्षति र थप क्षति हुन नदिन के गर्न सकिन्छ भन्ने उदेश्यले सडकको अनुगमन गरिएको हो ।
धुनिवेशी नगपालिकाका उप–प्रमुख सुरज उप्रेती, वडा नं ९ का वडा अध्यक्ष माधव सिलवाल, नगरका प्राविधिकहरु र स्थानिय अगुवाहरु सहितको टोलीले बर्षातले हुन गएको क्षति तथा थप क्षति हुन नदिन के गर्न सकिन्छ भनेर निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।