धादिङ आउदै गरेको माईक्रोबस दुर्घटना हुदाँ १८ जना घाईते
धादिङ, साउन १६
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
आज (सोमबार) अपरान्ह ४ बजे नारायणगढबाट धादिङतर्फ आउदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस दुर्घटना भएको हो । घाइते मध्ये ११ जना पुरुष, ६ महिला र एक बालिका रहेका छन् । घाइते मध्ये चार जना गम्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
source:nepali news