निलकण्ठका ७ सय ६० घरधुरी एक घर एक धाराबाट लाभान्वित

धादिङ, १२ साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः
सर्भिस फर पिस नेपालले निलकण्ठ नगरपालिका वडा नं ५ र १० मा खानेपानी योजना सम्पन्न गरि एक कार्यक्रमको बिच हस्तान्तरण गरेको छ ।
आयोजनाबाट निलकण्ठ नगरपालिकाको ७ सय ६० घरधुरी एक घर एक धाराबाट लाभान्वित भएका छन् ।
सो आयोजनाबाट ६ वटा वडामा खानेपानीको काम गर्दै आईरहेको छ । यो ६ वर्ष भित्रमा सबैलाई सहज खानेपानीको व्यवस्था गर्ने सस्थाका कार्यकारी निर्देशक जिन्तु नकर्मी खनालले बताउनुभयो । ऋण लिएर भए पनि ६ वर्ष भित्र खानेपानी समस्या समाधान गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नगरप्रमुख भिमप्रसाद ढुङगानाले आफ्नो मन्तब्य राख्नुहुदै अबको पाँच बर्षभित्र सबै जनताको खानेपानीको समस्या हटाउने लक्ष्य रहेको बताउनुभयो । कोभिड, निर्वाचन लगायतका कारण तिर्खा मुक्त नगर समयमा नै बनाउन नसकेपनि जति वडामा भएको काम भएको ढुङगानाको भनाई छ । साथै नगरपालिकाले विपद व्यवस्थापन, खानेपानी र उद्यममा प्राथमिकता राखी काम गरिएको पनि नगर प्रमुख ढुंगानाले बताउनुभयो ।
त्यसैगरी नगर उप–प्रमुख दिपक विश्वकर्माले खानेपानी समस्या समाधान गर्न सबैको हातेमालो आवश्यक बताउनुभएको छ ।
परियोजना नीलकण्ठ नगरपालिकाका वडा नं. १,२,४,५,९ र १० मा संचालन भएको थियो ।