धुनिवेशी नगरपालिका चालिसेबाट सालकको उद्धार

धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः
धुनिवेशी नगरपालिका वडा नं ६ चालिसेबाट सालकको उद्धार गरेको छ ।
ईलाका प्रहरी कार्यलय खानीखोलाले दुर्लभ जनावर सालकको उद्धार गरेको हो । चालिसे बाट कोईराले तर्फ जाने ग्रामीण कच्ची सडकमा दुर्लभ जनावर सालकलाई फेला परेको भन्ने सुचना अनुसार ईलाका प्रहरी कार्यलय खानीखोलाबाट प्रहरी निरिक्षक अपूर्व ढुंगानाको कमाण्डमा खटीएको प्रहरी टोलीले सालकलाई सुरक्षित उद्वार गरिएको छ ।
उद्धार गरी ल्याएको सालकलाई स्थानिय जनप्रतिनिधि, समाजसेवी, पत्रकार समेतको उपस्थितिमा नौबिसे सबडिभिजन वन कार्यालयलाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ ।