धादिङको अरुण खोलामा बाढी, भौतिक संरचनाहरुमा क्षति

धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः
गएरातिको अविरल वर्षाका कारण धादिङको अरुण खोलामा आएको बाढीले क्षति पु¥याएको छ ।
वर्षाका कारण अरुण खोलाले सतर्कता तह पार गरेको थियो । जसका कारण खोलाका छेउछाउमा बनाएका भौतिक संरचनाहरुमा क्षति पु¥याएको हो ।
खोलामा आएको बाढीले टंकेश्वर इन्टरप्राइजेजको २ करोड बराबरको जस्तापाता बगाएको र अफिस कोठामा रहेको दराज, कम्प्यूटर समेत बगाएको इन्टरप्राइजेजका संचालक तिलक ढुंगानाले बताउनुभएको छ ।
त्यसैगरी गएरातिको अविरल वर्षाका कारण धादिङका विभिन्न स्थानमा बाढी पहिरो गएको छ भने पहिरोका कारण नीलकण्ठ नगरपालिका वडा नं ४ बेशीघरका शर्मिला रानाको मृत्यु भएको छ ।