धादिङका १३ शिक्षकलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण

धादिङ, ०३ साउन ।
धादिङको विभिन्न विद्यालयमा अध्यापनरत बढुवा हुने १३ जना शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई धादिङले शिक्षक बढुवा नियुक्ति तथा पदस्थापना पत्र वितरण कार्यक्रमको आयोजना गरि बढुवा हुने १३ जना शिक्षकहरुलाई पत्र वितरण गरेको हो ।
बढुवा हुनेहरुमा माध्यमिक र निम्न माध्यमिक शिक्षक द्धितिय तर्फ ३, प्राथमिक शिक्षा प्रथम तर्फ २ र प्राथमिक शिक्षक द्धितिय तर्फ ५ गरि १३ जना शिक्षकलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण गरिएको हो ।
माध्यमिक शिक्षक द्धितिय तर्फ बढुवा हुनेमा महेन्द्र माध्यमिक विद्यालय नीलकण्ठका शिक्षिका जानुका कंडेल, नीलकण्ठ माध्यमिक विद्यालयका विष्णु प्रसाद रिजाल र आदर्श माध्यमिक विद्यालय गजुरीका सुरेश कुमार बस्नेत हुनुहुन्छ ।
त्यस्तै निम्न माध्यमिक विद्यालय शिक्षक द्धितिय तर्फ बढुवा हुनेमा महाकाली माधयमिक विद्यालयका शिक्षिका लक्ष्मी अधिकारी, देउराली माध्यमिक विद्यालयका चन्द्र कुमार श्रेष्ठ, र शंखादेवी माधयमिक विद्यालयका रुद्र अधिकारी हुनुहुन्छ । भने प्राथमिक शिक्षक प्रथम तर्फ बढुवा हुनेमा देउराली माध्यमिक विद्यालयका गिता तिवारी र सल्यान्टार माध्यमिक विद्यालयका विष्णुप्रसाद उपाध्यय हुनुहुन्छ ।
त्यस्तै प्राथमिक शिक्षक द्धितिय तर्फ बढुवा हुनेमा कालिका माध्यमिक विद्यालयका रोहिणी प्रसाद कोईराला, वालमन्दिर माध्यमिक विद्यालयका बाबुकृष्ण श्रेष्ठ, प्रकाश माध्यमिक विद्यालयका शंकर अधिकारी, साङकोष माध्यमिक विद्यालयका नवराज सापकोटा र नागेश्वरी आधार विद्यालय सिद्धलेकका नेत्रबहादुर थापा हुनुहुन्छ ।