आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
धादिङ, ०२ साउन ।
साउन महिनाको पहिलो सोमबार, साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।
धादिङ सहित नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ । ज्योतिष शास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उहाँको आराधना गरिन्छ ।
आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।
यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ ।