विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै

धादिङ, २७ असार ।
आज विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै छ ।
संयुक्त राष्ट्र संघको आह्वान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको हो ।
सन् १९८९ देखि हरेक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । यसपालिको नारा ८ अर्ब मानवको विश्व ः सबैका लागि समुत्थापित भविष्यतर्फ–अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ । नेपालको परिवर्तित जनसाङ्ख्यिकी बनावटको सही व्यवस्थापन गर्ने विषय चुनौतीको रुपमा रहेको छ ।
गरिबी, अशिक्षा, हिंसा विभेद जस्ता कारण सबैलाई समान पहुँचमा पु¥याउन चुनौती छ । अहिले जनसङ्ख्या वृद्धिद्धर घट्दै गए पनि जनसङ्ख्या स्थिर हुन अझै कम्तीमा दुई तीन दशक लाग्ने अनुमान छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।
नेपालका ७७ जिल्ला मध्ये उच्च हिमाल र मध्य पहाडका ३२ जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर ऋणात्मक छ ।