ज्वालामुखी गाउँपालिकाद्धारा आ.व. ०७९÷०८० को बजेट सार्वजनिक

धादिङ, १९ असार । दिव्यदर्शन टेलिभिजन संवाददाता
धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ५५ करोड ८८ लाख ६३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमा आन्तरिक आम्दानीबाट २ करोड २० लाख ४२ हजार ५ सय, संघ तथा प्रदेशको राजश्व बाँडफाँडबाट प्राप्त हुने १० करोड ५२ लाख ५८ हजार, संघको बित्तिय समानिकरण अनुदान १४ करोड ६३ लाख र सशर्त अनुदानबाट २० करोड ८२ लाख, बिशेष अनुदानबाट ७० लाख, प्रदेशको बित्तिय समानिकरण अनुदान १ करोड ४२ लाख २० हजार, सर्शत अनुदान २ करोड ५८ लाख ६८ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ७५ हजार रहेको छ ।उक्त बजेट कार्यान्वयनबाट सबै नागरिकको जीवन रक्षा गर्न स्वास्थ्य प्रणाली सुदृढ र सवल हुने, गुणस्तरीय र जीवन उपयोगी शिक्षाको पहुँचमा अभिवृद्धि हुने, रोजगारीको अवसर सृजना हुने सबै नागरिकले सामाजिक सुरक्षा एवम संरक्षण अनुभूति गर्र्ने साथै न्यायपूर्ण समाज निर्माणमा योगदान पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालले बजेट बक्तब्य प्रस्तुत गर्नु भएको थियो। गाउँसभामा गाउँपालिका अध्यक्ष यमनाथ दनैले आफनो मन्तब्य राख्नुहुदै यसपालिको बजेट बजेटको निरन्तरता मात्र नभई साच्चै देखिने गरी र नागरिकमा परिवर्तन देखिने गरी बजेट ल्याएको बताउनुभयो ।
बजेटमा शिक्षा,स्वास्थ्य,कृिष,सामाजिक, पूर्वाधार,वातावरण तथा विपद व्यवस्थापन लगायतलाई प्राथमिकता दिईएको छ गाउँपालिकाले निति तथा कार्यक्रम भने १० असार मै सार्वजनिक गरेको थियो ।